Comments Add Comment

पत्रकार खसोग्जीको हत्या गर्न साउदी युवराजले स्वीकृति दिएको अमेरिकी दाबी

१५ फागुन, काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक रिपोर्टले साउदी पत्रकार जमाल खसोग्जीको हत्या गर्न साउदी युवराज मोहम्मद बिन सलमानले स्वीकृति दिएको दाबी गरेको छ ।

अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा साउदी युवराजले समात्ने वा हत्या गर्ने योजनालाई अनुमोदन गरेको उल्लेख गरेको छ ।

अमेरिकाले पत्रकारको हत्यामा संलग्न धेरैलाई प्रतिबन्ध लगाएको छ तर युवराज मोहम्मदविरुद्ध केही कदम चालेको छैन ।

उता साउदी अरेवियाले भने सो प्रतिवेदनको खण्डन गर्दै झुटो भएको बताएको छ ।

सन् २०१८ मा खसोग्जी इस्तानबुलमा रहेको कसन्तुलेटको भ्रमण गर्दा टर्कीमा मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment