+
+

अष्ट्रेलियामा कार्यरत पत्रकार टीका कार्की मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते ७:५९

सिड्नी । दुई दशकदेखि अस्ट्रेलियामा सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् ।

नेपालमा बागलुङ घर भएका कार्कीअस्ट्रेलियाको हिमालयन रेडियोका सञ्चालक हुन् । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समुदायलाई सुसूचित गर्दै आएको थियो ।

नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।

एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

नेपालमा रहेको उनको परिवारले शव नेपाल पठाइदिन अनुरोध को न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्काले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले परिवारको इच्चा अनुसार उनको शव छिट्टै नेपाल पठाउन प्रयास गरिरहेको बताए । कार्कीको नेपाल घर बालगुङ हो।

कार्कीको मृत्युप्रति अस्ट्रेलियाका सञ्चारकर्मीले दु:ख व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?