+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रिमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कुललाई विशिष्ठ श्रेणीको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १७:०१

१७ फागुन, काठमाडौं।  ललितपुर महानगरपालिकाले प्रिमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कुल सातदोबाटोलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विशिष्ठ श्रेणीको विद्यालय सञ्चालन अनुमति प्रदान गरेको छ । शिक्षा नियमावली २०५९ को (संशोधन सहित) नियम १५४ को अनुसुची २१ बमोजिम आफ्नो स्कूलभित्रको शैक्षिक संरचना, पूर्वाधार र गुणस्तर सँग-सँगै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि गर्न सक्ने योगदान र क्षमता हेरी उक्त उच्चस्तरीय मान्यताका लागि उक्त अनुमति प्रदान गरिएको हो ।

पि्रमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलले प्रिमियर एडुकेसन नेटवर्कको अभिन्न अङ्गका रूपमा किन्डर गार्डेन देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको छ । स्कुलकी शैक्षिक शाखा प्रमुख प्रविना थापाले यो अनुमतिले स्कुलभित्रको शैक्षिक गुणस्तर, पूर्वाधार र सेवाहरूका साथ-साथै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि थप हौसला प्रदान गरेको बताइन् ।

शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापित प्रिमियर एडुकेसन नेटवर्क शिक्षा क्षेत्रको अग्रणी नाम बन्न सफल भएको विद्यालय सञ्चालकले बताएका छन् ।

सन् २००८ मा स्थापित प्रिमियर एडुकेसन नेटवर्कले गुणस्तरीय शिक्षाको खोजीमा विदेश जानुपर्ने बाध्यतालाई कम गर्दै देशमै उच्चस्तरीय शिक्षा प्रदान गरी विश्व-बजारमा आवश्यक पर्ने अब्बल जनशक्ति उत्पादन गर्ने कार्यलाई मुख्य उद्येश्यका साथ अगाडि बढाएको विद्यालयको भनाइ छ ।

‘स्कुलले किताबी ज्ञान सँग-सँगै नजिकबाट काम गर्दै सिक्ने अवसरहरू र स्थानीयअनुभवमा विश्वस्तर्य ज्ञानलेे नै एउटा योग्यव्यक्ति बनाउँछ भन्ने मान्यता राख्दै आएको छ,’ विद्यालयले भनेको छ,’विविधताभित्रको एकता झल्काउने यस स्कूलले नेपाली शैक्षिक क्षेत्रमा २१ औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न समयमा फरक एवं नवीन कदमहरू चाल्दै आएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?