Comments Add Comment

जेससको दुई गोलमा सिटीको सहज जित, १५ अंकको अग्रता

१९ फागुन, काठमाडौं । गाब्रीएस जेससको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४-१ ले पराजित गरेको छ ।

उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अंकतालिकामा १५ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।

सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा गाब्रियल जेससले दुई गोल गर्दा रियाद महारेजले एक गोल गरे । उल्भ्सका लिन्डर डेनडोनकरले एक आत्मघाती गोल उपहार दिएका थिए ।

खेलको १५ औं मिनेटमा उल्भ्सका लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । पहिलो हाफमा सिटीको अग्रता कायम रह्यो । ५६औं मिनेटमा उल्भ्सका लागि कोएडीले बराबरी गोल फर्काए ।

तर अन्तिम १० मिनेट भित्र सिटीले ३ गोल गर्‍यो । ८० औं मिनेटमा गाब्रीएल जेससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

९०औं मिनेटमा महारेजले गोल गरेपछि सिटीको ३-१ को अग्रता बनायो ।

जेससले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

सबैखाले प्रतियोगितामा सिटीको यो लगातार २१ औं जित हो । जसमा सिटीले ५५ गोल गर्दा जम्मा ८ गोल व्यहोरेको छ ।

जितपछि २७ खेलबाट ६५ अंक जोडेको लिग लिडर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १५ अंकको अग्रता समेत बनाएको छ । २६ खेल खेलेको युनाइटेडको ५० अंक छ ।

पराजित उल्भ्स २७ खेलबाट ३४ अंकसहित १२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment