+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १०:३१

१९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए ।

खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उनले विश्वास व्यक्त गरे ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगाएकी छन् ।

बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।

सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?