+
+
Shares

ब्राजिलमा कोरोनाबाट एकैदिन १६ सयभन्दा धेरैको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १२:३१

१९ फागुन, काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट एक हजार ६४१ जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ब्राजिलमा कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो । यसअघि सन् २०२० को जुलाइमा एकैदिन एक हजार ५९५ जनाको मृत्यु भएको थियो । त्यसयता विस्तारै कोरोना संक्रमणमा कमी आए पनि पछिल्लो समय कोरोनाको नयाँ प्रकार (भेरियन्ट) देखिएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।

अहिलेसम्म ब्राजिलमा कोरोनाबाट दुई लाख ५७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । कोरोना संक्रमण बढेसँगै ब्राजिलको अस्पतालको प्रणालीमाथि पनि दबाब बढेको छ । अहिले ब्राजिलका विभिन्न राज्यका गभर्नरहरु आफैं कोरोना खोप खरिदको लागि अग्रसर भएका छन् । केन्द्रीय सरकारले खोप खरिदको प्रक्रिया निकै सुस्त अघि बढाइरहेको भन्दै उनीहरु आफैंले खोप कार्यक्रम अघि बढाउने निर्णय गरेका हुन् ।

गत साता ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले मास्क लगाउने नियमको आलोचना गर्दै यसको कारण टाउको दुख्ने र राम्रोसँग खुसी व्यक्त गर्न नसकिने बताएका थिए । उनले निरन्तर कोरोनालाई बेवास्ता गर्दै आएका छन् । सुरुवातमा पनि उनले कोरोना भाइरसको कारण अर्थतन्त्रलाई रोक्न नहुने बताएका थिए ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?