+

प्रदेश १ मेयर कप ब्याडमिन्टन : भोजपुरका विशाल र सुभाष प्रिक्वाटरमा

२०७७ फागुन  १९ गते १८:१७ २०७७ फागुन १९ गते १८:१७
प्रदेश १ मेयर कप ब्याडमिन्टन : भोजपुरका विशाल र सुभाष प्रिक्वाटरमा

१९ फागुन, भोजपुर । भोजपुरका विशाल तामाङ भोजपुरमा जारी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । विशालले पुरुष एकलतर्फ पहिलो दिन सुनसरीका सत्यन सुब्बामाथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् ।

भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे । यस्तै सुनसरीका प्रकाश लिम्बुले मोरङका जोन जसराजलाई २१-१४, २१-१५ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।

यसैगरी पाँचथरका दिवस शंकरले भोजपुर दिङ्गलाका नरेन्द्र तामाङबाट,  उदयपुर चौदण्डीगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङ्गलाका दावा शेर्पाबाट वाकओभर प्राप्त गर्दै प्रिक्वाटरमा प्रवेश गरे ।

पुरुष युगलतर्फ बेलबारीका अजय चौधरी र मन्दीप घले, संखुवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङ्गका विजय राई र सविन श्रेष्ठ, बेलबारीका नवीन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र वुद्ध तामाङ तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रिक्वाटरमा स्थान सुरक्षित गरे ।

ब्वाईज यू–१७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ्ग, ओखलढुङ्गाका विकास कट्वाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ्ग, बेलटारका विनय चौधरी, खोटाङ्गका विकास खत्री, भोजपुरका युनिश राई, सोलुखुम्बुका संयोग बस्नेत, खोटाङ्गका सनम राई, ओलढुङ्गाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङ्गका जोन जसराज, खोटाङ्गका विजय राई, बेलटारका सुनिल चौधरी, खोटाङ्गका सविन श्रेष्ठ र सुनसरीका सत्यम सुब्बा पनि अन्तिम १६ मा प्रवेश गरे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा प्रदेश १ का १२ जिल्लाका ९९ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा महिला पुरुष एकल, पुरुष युगल, यू–१७ र यू–१३ छात्र तथा छात्रा गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।

आयोजक भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले ब्याडमिन्टनको इतिहासमा नै भोजपुर जिल्लाबाट सर्वाधिक राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको स्मरण गर्दै जिल्लामा यति ठूलो प्रतियोगिता संचालन गर्न सहयोग गरेकोमा भोजपुर नगरपालिकालाई धन्यवाद प्रदान गरे ।

 

ब्याडमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय