Comments Add Comment

नवजात शिशुको हेरचाहमा बिर्सन नहुने कुराहरू

पहिलो पटक आमा बन्दा बच्चासँगै आमाको पनि जन्म हुन्छ । बच्चा बच्चाको रूपमा जन्मिएको हुन्छ भने आमा संरक्षकको रूपमा आमाको भूमिकामा जन्मिने गर्छिन् । किनकि पहिलोपटक सुत्केरी हुँदा आमामा बच्चाको हेरचाह सम्बन्धी कुनैपनि अनुभव हुँदैन ।

नवजात शिशुको हेरचाह गर्दा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । बच्चाको हेरचाहसम्बन्धी टिप्स त्यस्ता आमाको लागि जरूरी हुन्छ, जो पहिलोपटक आमा बन्दै छिन् । यद्यपि बच्चाको सुरक्षा र हेरचाह सम्बन्धी जानकारी हरेक आमालाई हुनु अनिवार्य छ। नवजात शिशुको हेरचाहका लागि उसको खानपान, पोषण र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । तल नवजात शिशुको हेरचाहको विधिबारे उल्लेख गरिएको छ ।

सफाइको बारे दिइने ध्यान

बच्चाको स्वास्थ्यमा सबैभन्दा पहिलो स्टेप हो आफू स्वयंको दिइने ध्यान । किनकि आमाको स्वच्छताले नै बच्चालाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । नवजात बच्चालाई आफ्नो काखमा लिनुभन्दा पहिले हातको सफाइको साथमा आफ्नो कपडा समेत सफा हुनुपर्छ । यदि तपाईं शौचालय या बाहिरबाट आउनुभएको छ भने आफ्नो कपडा बदल्नुपर्छ ।

नवजातलाई काखमा लिने तरिका

पहिलोपटक आमा बन्नेहरूले यो पनि सिक्नुपर्छ कि बच्चालाई काखमा कसरी लिने ?  किनकि नवजात बच्चालाई यदि ठीकसँग लिन सकिएन भने उसको गर्धनको हड्डीमा दबाब पर्न सक्छ । यस्तो अवस्थामा नवजात शिशुलाई काखमा लिने तरिका पनि सिक्नुपर्छ ।

बाल हेरचाह सम्बन्धी विशेषज्ञहरू बच्चालाई काखमा लिँदा उसको गर्धन वा टाउकोलाई आफ्नो हात या काँधमा साहारा दिएर मात्रै लिनु पर्छ । आमाले आफ्नो बच्चालाई टाउको र काँधमा च्यापेर बोक्नु पर्छ । यदि बच्चा रोइरहेको छ भने उसको पिठमा बिस्तारै थप्थपाउनु पर्छ ।

बच्चालाई हिँडाउने र झड्का दिने काम गर्नुहुन्न

यदि बच्चा रुन्छ भने उसलाई काँधमा बोकेर कुदाउने गरिन्छ । तर विशेषज्ञहरू यस्तो गर्न नहुने तर्क गर्छन् । बाल हेरचाह विशेषज्ञहरू नवजात शिशुलाई यसरी कुदाउने र झट्‍का पर्ने कुनै पनि काम गर्न नहुने बताउँछन् । यस्तो गर्दा बच्चाको ब्रेन हेल्थमा यसले असर गर्ने गर्छ । बरू बच्चा रोयो भने काँध वा काखमा राखेर बिस्तारै बिस्तारै हिँडाउने वा ढाडमा थप्थपाएर फकाउन सकिन्छ ।

नवजातलाई छालामा स्पर्श जरूरी

आमा बनेपछि सिक्नै पर्ने अर्को कुरा हो तपाईंको स्नेह मात्रै होइन । तपाईंको स्पर्श पनि नवजातको लागि आवश्यक हुन्छ । यसको लागि समयसमयमा लिने बेलामा हातमा होस् या त अन्य शरीरको अंगमा समेत स्पर्श गर्न सकिन्छ । यो एक किसिमको मनोवैज्ञानिक किसिमको उपचार पनि हो । यसले बच्चाको धड्कनमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन् । उसको छालामा गरिने स्पर्शले उसको तीव्र विकासमा समेत सहयोग गर्ने गर्छ ।

शिशुसँग कुराकानी गर्नुहोस्

यो सुन्दा पनि अचम्म लाग्न सक्छ कि तर बच्चाको आमाले बच्चासँग नियमित एकोहोरो भए पनि स‌ंवाद गरिरहनुपर्छ । नवजातको मस्तिष्कको विकासको लागि यो जरूरी हुन्छ । नवजात शिशुको दिमाग विकासको क्रममा रहने भएकोले त्यसको विकासको लागि आमाले एकोहोरो स‌ंवाद जारी राख्नुपर्छ ।

डाइपर बदल्ने टिप्स

नवजात बच्चालाई लगाइएको कपडा वा डाइपर समयसमयमा बदलिरहनुपर्छ । स्वस्थ बच्चाले छिटोछिटो पिसाब गर्ने गर्छ । ज्यादा समयसम्म फोहोर डाइपरको साथमा रहँदा इन्फेक्सनको समस्या हुन सक्ने भएकोले समयसमयमा बच्चाको डाइपर फेर्नुपर्ने हुन्छ ।

यसबाहेक अन्य विभिन्न कुराहरू ध्यान दिनै पर्ने खालका हुन्छन् । जस्तो बेबी फिडिङ बोतलको सफाइ नियमित गर्नुपर्छ । नवजात शिशुलाई नाभी नझरेसम्म नुहाउनु हुँदैन । पछि नुहाउने क्रममा बच्चालाई नुहाउने समयमा धेरै विषयमा ध्यान दिनु पर्छ । मनतातो पानीले बच्चालाई बिस्तारै माडेर नुहाउन सकिन्छ । यसबाहेक बच्चाको केही दिनसम्म गर्भनालको देखभाल गर्नु आवश्यक हुन्छ । लगभग १० दिनसम्म बच्चाको गर्भनालको सुरक्षा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment