२० फागुन, काठमाडौं । भारत विरुद्धको चौथो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्डले पहिलो दिनको खेल सकिँदा १८१ रनको अग्रता बनाएको छ ।
इंग्ल्याण्ड पहिलो इनिङ्समा २०५ रनमा अलआउट भएपछि पहिलो दिनमै आफ्नो पहिलो इनिङ्स सुरु गरेको घरेलु टोली भारतले १ विकेट गुमाएर २४ रन बनाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले १८१ रनको अग्रता लिएको छ ।
अहेमेदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ७५.५ ओभर खेल्दै सबै विकेट गुमाएर २०५ रन बनाएको हो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले अर्धशतक प्रहार गरे । उनले सर्वाधिक ५५ रन बनाए । यस्तै डान लरेन्सले ४६, ओली पोपले २९ र जोनी बेयर्स्टोले २८ रन जोडे ।
इंग्ल्याण्डलाई अलआउट गर्न भारतका स्पिनरहरुले ८ विकेट लिए । जसमा अक्सर पटेलले सर्वाधिक ४ र रविचन्द्र आश्विनले ३ विकेट लिए । यस्तै वासिङ्गटन सुन्दरले १ विकेट लिए ।
फास्ट बलर मोहम्मद सिराजले २ विकेट लिए ।
पहिलो दिन भारतले १२ ओभर खेल्दा १ विकेट गुमाएर २४ रन बनाएको छ । ओपनर शुभमन गिल खाता नखोली आउट भए ।
रोहित शर्मा ८ र चेतेश्वर पुजारा १५ रनमा अविजित छन् ।
प्रतिक्रिया 4