+
+
Shares

ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १९:३०

२० फागुन, काठमाडौं । नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ । प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको छ ।

‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।

प्रचण्ड माधव समूहले भने बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?