
दुनियाँभरका मान्छे शारीरिक अभ्यासका लागि अलग अलग विधिहरू अपनाउने गर्छन् । कसैले नियमित साइक्लिङलाई नै आफ्नो शारीरिक अभ्यासको साधन बनाउने गर्छन् भने कसैले नियमित दौडिएर अभ्यास गर्ने गर्छन् । मान्छेहरू व्यायाम पनि घरभित्र गर्ने कि बाहिर भन्नेमा मुलुक र भूगोलको आधारमा रोजाइ फरक फरक हुने गर्छ । शारीरिक व्यायाम सबैतिरका मान्छेले गर्छन् । तर ठाउँ अनुसार विधि भने फरक हुने गर्छ । घरभन्दा बाहिर गएर शारीरिक अभ्यास गर्ने काम धनी मुलुकदेखि गरिब मुलुकसम्मका सबैले गर्ने गर्छन् । वर्कआउटको शैली संसारभर समान खालको छ । तर मुलुक अनुसार फरक फरक प्राथमिकता भने रहेको हुन्छ । भूगोल अनुसार भिन्दाभिन्दै खालको अभ्यासका उदाहरणहरू निम्नानुसार छन् ।
चीनमा ताइ ची
‘ताइ ची’ चीनमा विकास भएको एक परम्परागत अभ्यास हो । चीनबाट एसिया महादेशभरि फैलिएको यो व्यायामको विधिले शारीरिक तथा मानसिक रूपमा व्यक्तिलाई फिट रहन सहयोग गर्ने बताइन्छ । ताइ ची मार्शल आर्टको एक प्रकारबाट विकसित भएको खेल हो र यो चीनमा धेरै लोकप्रिय खेल पनि हो । नृत्य, योग आदि सबै मिसिने यो अभ्यासको शैली आफैँमा रोचक र भिन्न खालको छ ।
स्वीडेनमा साइक्लिङ
स्वीडेनमा नियमित रूपमा साइकलमा कुदेर अभ्यास गर्ने गरिन्छ । स्वीडेन विश्वको एक स्वस्थ देशहरूको सूचीमा पनि अग्रपङ्तिमा आउने मुलुक हो । उनीहरू व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिने भएकोले पनि अन्य सवारीभन्दा साइकललाई नियमित साधनको रूपमा मान्ने गर्छन् । उनीहरू नियमित जिम पनि जाने गर्छन् । कल्चर ट्रिपको अनुसन्धानले भन्छ कि धेरै स्विडेनीहरू बाहिर व्यायाम गर्न मन पराउँछन् । त्यसैले स्वीडेनीहरूको स्वास्थ्यको राजलाई अनुशरण गर्ने हो भने घरभित्रको भन्दा बाहिरको अभ्यास उपयुक्त हुन्छ । २०१४ मा गरिएको अध्ययनले केवल ९ प्रतिशत स्वीडेनीहरू मात्रै नियमित अभ्यास नगर्ने गरेको देखाएको थियो ।
फ्रान्समा पार्कोर
फ्रान्सको एउटा लोकप्रिय कसरत हो पार्कोर । यो नेपालमा पनि खेलाइन्छ । यो खेल भित्तामा हिँड्ने, जिम्नास्टिक जस्तो जोखिमयुक्त चालहरू यसमा हुन्छ । फ्रान्समा सुरु भएको भए पनि यसले फ्रान्स बाहिर धेरै चर्चा पाएको छ । यो १९८८ मा फ्रान्सको लिसेस भन्ने ठाउँमा विकास भएको खेल हो । अहिले पनि धेरै फ्रान्सेली मानिसहरू शारीरिक अभ्यासको लागि दौडन र साइकलमा सवारी गर्न मन पराउँछन् ।
ब्राजिलमा आउटडोर जिम
ब्राजिल व्यवसायिक रूपमा हेर्दा अमेरिकापछि विश्वको दोस्रो ठूलो फिटनेस उद्योग भएको मुलुक हो । धेरै ब्राजिलियनहरू नियमित जिम जान मनपराउँछन् । तर तिनीहरू भलिबल र पोलो जस्ता लोकप्रिय खेलहरू पनि नियमित अभ्यासको रूपमा अँगिकार गर्ने गर्छन् । विशेषगरी ब्राजिलमा आउटडोर जिम, पैदल यात्रा, समुद्री किनारमा गरिने दौड र पानीमा खेलिने खेलहरू लोकप्रिय अभ्यासका विधिहरू हुन् ।
बेलायतमा घरभित्रै अभ्यास
बेलायतमा धेरैजसो घरभित्र नै सामूहिक रूपमा शारीरिक अभ्यास गर्ने गर्छन् । यस्तो अभ्यास मनोरञ्जनको साथमा गरिन्छ । सामूहिक नृत्य होस् या अरू यस्तै मनोरञ्जनात्मक गतिविधिबाट अभ्यास गर्ने चलन बेलायतमा पाइन्छ ।
अस्ट्रेलियालीहरूको एफ ४५ कक्षा
अस्ट्रेलियामा एफ ४५ अर्थात् ४५ मिनेटको वर्क आउट बढी चर्चित विषय हो । जसले दैनिक जीवनको आधारभूत अभ्यासलाई जनाउने गर्छ । स्क्वाटिङग, रनिङ, इफ्टिङ, पुलिङ जस्ता कक्षाहरू अभ्यासको रूपमा लिने गरिन्छ । नियमित हिड्नु अस्ट्रेलियाहरूको सबैभन्दा लोकप्रिय अभ्यासको साधन हो ।
स्पेनको बोसबल
स्पेनमा एउटा साधारण कसरतलाई बोसबल भनिन्छ । जुन लामो समयदेखि स्पेनमा चलिरहेको छ। यसले विभिन्न प्रकारका खेलहरू जस्तै भलिबल, फुटबल आदि यो खेलमा समावेश हुन्छ । यो आफैँमा खेल हो । तर स्पेनीहरूले यसलाई फिटनेसको लागि यसलाई प्रयोग गर्ने गर्छन् ।
क्यानडेलीको दौडदेखि कुस्तीसम्म
फिटबिट नामक संस्थाले गरेको अनुसन्धानले क्यानाडीयनहरू चिसो भए पनि बाहिर काम गर्न मन पराउँछन् । त्यहाँको सबभन्दा लोकप्रिय गतिविधि भनेको नै दौड, बाइकिङ, कुस्ती जस्ता खेलहरू नियमित अभ्यासको लागि अपनाउने उपायहरू हुन् ।
इन्साइडर डटकमको सहयोगमा
प्रतिक्रिया 4