Comments Add Comment

प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैंसेपाटीमा

तस्वीर : सूर्य थापाको फेसबुकबाट

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटीमा पुगेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए ।

नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओ‌ली र गौतमबीचको भेटको तस्वीर सार्वजनिक गरेका थिए । उनले प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न भैंसेपाटी गएको उल्लेख गरेका छन् ।

फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पुर्‍याउन क्रियाशील छन् । त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनलाई भेटेको अनुमान गरिएको छ ।

बामदेव राष्ट्रियसभा सदस्य छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सदस्य छिन् ।

यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment