+
+
Shares

जबरजस्ती औद्योगिक क्षेत्रको शिलान्यास गरियो : खाँण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते ९:०७

२२ फागुन, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् ।

नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर्दै आएका जनताको मागको उचित सम्बोधन नगरी जबरजस्ती ढंगले बल प्रयोग गरेर, धम्क्याएर र जनताको चित्त दुखाएर गरिने विकासको औचित्य नहुने बताएका हुन् ।

मोतिपुरबासी जनताको विमति हुँदाहुँदै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जबरजस्ती ढंगले दमन गरेर शिलान्यास गर्दा झडप भएको उल्लेख गर्दै खाँणले जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराएका छन् ।

उनले जनताको मागलाई सम्बोधन र उचित व्यवस्थापन गरेर मात्र काम अघि बढाउन सरकारस.ग माग गरेका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले पनि विज्ञप्ति निकालेर जनताको माग सम्बोधन नगरी अर्थमन्त्री पौडेलले हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका थिए ।

शुक्रबार स्थानीय चर्को विरोधका बीच ठूलो सुरक्षा घेरामा अर्थमन्त्री एवं रुपन्देही २ का सांसद विष्णु पौडेलले औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?