+
+
Shares

मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २२ गते १३:३८

२२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेकी छन् ।

एसिड आक्रमणमा परेकी मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानून र सजायको लागि लबिङ गरेको भन्दै अमेरिकाले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ।’

वीरगञ्ज निवासी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा अपराधीले एसिड प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?