Comments Add Comment

पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा

२२, फागुन, हेटौंडा । आन्तरिक पर्यटन प्रवर्द्धन र ऐतिहासिक गढीको संरक्षणका लागि भन्दै हेटौंडाबाट सिन्धुलीसम्म साइकल यात्रा गरिएको छ । तत्कालीन समयमा नेपालमाथि आक्रमण गर्न आएका बाह्य मुलुकका सेनालाई भगाउन महत्वपूर्ण भूमिका खेलेको मकवानपुरगढी र सिन्धुलीगढीको प्रवर्द्धन तथा संरक्षणको नारासहित साइकल यात्रा गरिएको हो ।

बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा थालिएको यात्राको मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढीमा साइकल यात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभारम्भ गरे । मुख्यमन्त्री पौडेलले साइकल डो¥याएर यात्राको शुभकामना दिएका थिए ।

कार्यक्रमका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले साइकल यात्रीहरुको स्वागत गर्दै ऐतिहासिक गढीको बारेमा जानकारी गराएका थिए । उद्योग पर्यटन मन्त्रालय, गढी गाउँपालिका, बाटोमा पर्ने स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, राइडर्स क्लब, साइकल संघ र पंर्वतीय खेलकुद महासंघको साझेदारीमा आयोजित साइकल यात्रीको टोली धरान-चतरा सडकअन्तर्गत पर्ने हेटौंडा-फापरबारीको सडकखण्ड हुँदै शनिबार बेलुका सिन्धुलीको हरिहरपुरगढी पुगेर बाँस बस्ने मन्त्रालयका सचिव डा. सिन्धु ढुंगानाले जानकारी दिए ।

आइतबार साइकल यात्रीहरु सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछन् । साइकल यात्रामा चर्चित साइकल यात्री पुस्कर शाहको अगुवाइमा ३ जना महिलासहित १ सय २२ जना जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment