+
+
Shares

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते ८:२४

२३ फागुन, काठमाडौं । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?