Comments Add Comment

डर्टमण्डविरुद्ध लेवान्डोस्कीको ह्याट्रिक, बार्यनको पुनरागमन जित

२३ फागुन, काठमाडौं । रोवर्टो लेवान्डोस्कीले आफ्नो पूर्वक्लब बोरुसिया डर्टमण्डविरुद्ध ह्याट्रिक गर्दा जर्मन बुण्डेसलिगामा बार्यन म्युनिखले पुनरागमन जित हात पारेको छ ।
शीर्ष स्थानको बार्यनले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै डर्टमण्डमाथि ४-२ को शानदार जित हात पारेको हो ।

घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लियोन गोरेट्जकाले एक गोल गरे । डर्टमण्डका एर्न हालान्डले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमै एर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाएका थिए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दा सुरुमै डर्टमण्डले २-० को अग्रता बनायो ।

तर त्यसपछि भने बार्यन खेलमा फर्कियो । लेवान्डवस्कीले २६औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाए । ४४औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दा बार्यनले पहिलो हाफमै खेल २-२ को बराबरीमा पुर्‍यायो ।

दोस्रो हाफमा बार्यनले दुई गोल थप्यो । ८८ औं मिनेटमा गोरेट्जकाले गोल गर्दै बार्यनलाई ३-२ को अग्रता दिलाए । ९०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने बार्यनलाई ४-२ को जित दिलाए ।

जितपछि बार्यन २४ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ५३ अंकसहित आरबी लाइपजिग दोस्रो स्थानमा छ ।

त्यसअघि फ्रेइवर्गलाई ३-० ले पराजित गर्दै लाइपजिग शीर्ष स्थानमा उक्लेको थियो । तर बार्यन पुनरागमन जितसहित शीर्ष स्थानमा फरेको हो ।

२४ खेलबाट ३९ अंङ्क रहेको डर्टमण्ड छैटौं स्थानमा झरेको छ ।

बोरुसिया मोन्चेनग्लाडबाकलाई १-० ले पराजित गर्दै ४० अंक जोडेको बार्यन लेभरकुजन पाँचौ स्थानमा उक्लेको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment