Comments Add Comment

आईपीएल अप्रिल ९ देखि

२३ फागुन, काठमाडौं । इन्डियन प्रिमिय लिग आईपीएल टी-२० को १४औं संस्करण अप्रलि ९ देखि सुरु हुने भएको छ ।

भारतको विभिन्न ६ शहरमा हुने आईपीएल मे ३० सम्म सञ्चालन हुनेछ । खेलहरु अहमेदावाद, बैंगलुरी, चेन्नाई, दिल्ली, मुम्बई र कोलकतामा हुने र प्रतियोगिताका खेलहरु क्लोज डोरमा हुने क्रिकइन्फोले जनाएको छ ।

६ शहरमा हुने आईपीएलका खेलहरु न्युट्रल भेन्युमा हुनेछन् । कुनै पनि टिमले होम भेन्युमा नखेल्ने बीसीसीआईले जनाएको छ ।

१४औं संस्करणको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले रोएल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।

प्लेअफदेखि फाइनल खेल अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । बीसीसीआईले प्लेअफदेखिका खेलमा दर्शकसहित खेलाउने प्रयास गर्ने जनाएको छ ।

यस सिजन दिउँसोको खेल साढे २ बजे र बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ । ११ दिन भने २ खेल हुनेछन् ।

कोरोना महामारीका कारण आईपीएलको १३औं संस्करणमा यूएईमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment