
२३ फागनु, मकवानपुर । मकवानपुरको थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३४ वर्षीय सोमलाल ब्लोन र हेटौंडा-१९ का ३५ वर्षीय सोमलाल ब्लोन रहेका छन् ।
नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ ह १८८३ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा ९ केजी ६ सय ग्राम गाँजासहित उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । ३४ वर्षीय सोमलाल अटोचालक हुन् भने ३५ वर्षीय सोमलाल अटोमा सवार व्यक्ति हुन् । अटोसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रिमालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4