Comments Add Comment

म्यानचेष्टर डर्बीमा युनाइटेडको शान, सिटीको २८ खेलको अपराजित यात्रा टुङ्गियो

२४ फागुन, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ । शीर्ष स्थानको रहेको सिटीलाई उसैको मैदानमा युनाइटेडले २-० ले पराजित गरेको हो । जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ ।

सिटीको मैदानमा एतिहाडमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक श ले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

सिटीका गाब्रीएल जर्ससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

५०औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित हात पार्ने युनाइटेडका पहिलो प्रशिक्षक बनेका छन् ।

जितपछि २८ खेलबाट ५४ अंक जोड्दै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६५ अंकसहित सिटी शीर्ष स्थानमै छ ।

युनाइटेडसंगको हारपछि सबैखाले प्रतियोगितामा गरेर सिटीको २८ खेलको अपराजित यात्रा टुंगिएको छ ।

सिटी पछिल्लो पटक सन् २०२० नोभेम्बरमा टोटनहमसँग पराजित भएको थियो ।

यस्तै सिटीको लगातार २१ खेलको जितको यात्रा पनि रोकिएको छ । प्रिमियर लिगमा लगातार १५ खेल जितेपछि सिटीले हार व्यहोरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment