+

महिला खुल्ला दौड प्रतियोगिताको उपाधि पवित्रालाई

२०७७ फागुन  २४ गते १४:०८ २०७७ फागुन २४ गते १४:०८
महिला खुल्ला दौड प्रतियोगिताको उपाधि पवित्रालाई

२४ फागुन, गोरखा । १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोरखा सदरमुकाममा महिला खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सोमबार भएको महिला खुल्ला दौड प्रतियोगिताको उपाधि पवित्रा वयलकोटीले जितेकी छन् । निर्धारित दूरी ११ मिनेट ३४ सेकेण्डमा पार गर्दै पवित्रा विजेता बनेकी हुन् । उनले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा नेपाली सेनाकी जैसरा राई दोस्रो र रेनुका राई तेस्रो भए । उनीहरुले निर्धारित दूरी क्रमशः ११ मिनेट ५९ सेकेण्ड र १२ मिनेट १८ सेकेण्डमा पार गरे । उनीहरु रिपु मर्दन गण गोरखामा कार्यरत छन् । प्रतियोगितामा दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

गोरखा सदरमुकामको हरमटारी खेल मैदानबाट सुरु भएको दौड बसपार्क, ठूलोआँगन, पाटेचौर, अस्पताल मार्ग हुँदै पुनः खेलमैदानमा आएर टुंगिएको क्लबका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।

 

दौड प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय