+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बेरोजगारको पहिचान गर्दै खोटाङका खोटेहाङ र जन्तेढुंगा

रासस रासस
२०७७ फागुन २४ गते १४:३४

२४ फागुन, काठमाडौं । खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने काम सुरु गरेका छन् ।
स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने सय दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध भएर सार्वजनिक विकास निर्माणमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिको सूचीकरण सुरु गरिएको हो ।

गाउँपालिकाले रोजगारीको हकसम्बन्धी ऐन २०७५ तथा सोको नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशनबमोजिम आर्थिक वर्ष २०७८–७९ का लागि यही फागुनभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ । आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचयपत्र लिन सकिने गाउँपालिकाले जनाएको छ ।

लाभग्राही परिचयपत्र लिन नागरिकताको फोटोकपी र एकप्रति फोटोसहित वडा कार्यालयमा निवेदन दिन सकिने खोटेहाङ गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै जन्तेढुङ्गा गाउँपालिकाले पनि न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई सूचीकृत हुन फागुनभित्र निवेदन पेश गर्न सूचना जारी गरेको छ ।

प्राप्त आवेदनका आधारमा अघिल्लो वर्ष बेरोजगारमा सूचीकृत भएका नागरिकको नवीकरण एवं छुट भएका व्यक्तिको सहभागिताको सुनिश्चितता गरिने जनाइएको छ ।

सय दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध हुन चाहने बेरोजगार व्यक्तिमा सूचीकृत नागरिकलाई गाउँपालिकाभित्रका सडक मर्मत, विद्यालय तथा धार्मिकस्थलको घेराबारा हाल्ने, सडकको टेवा पर्खाल निर्माण, पैदल तथा पर्यटन मार्ग सरसफाइलगायतका काममा खटाउने तयारी गरिएको जनाइएको छ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?