+
+

देशभर थपिए ८९ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १६:५४

२४ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । उनीहरुमध्ये थप १ जनासहित हालसम्म ३ हजार ११ जनाको मृत्यु भएको छ ।
यस्तै गत २४ घण्टामा ४२ जना निको भएसँगै २ लाख ७० हजार ९२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?