Comments Add Comment

फ्रेन्डसिप क्रिकेट : बलपार्क र बासुलिङको पहिलो जित

२४ फागुन, काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बल पार्क क्रिकेट एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सोमबार भएको खेलमा बल पार्क एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका हुन् ।

पहिलो खेलमा बल पार्कले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।

काठमाडौंका लागि सचिन लेखकले अविजित रहँदै अर्धशतकीय पाली खेले । उनले सर्बाधिक ८१ रन जोडे भने विशाल श्रेष्ठले २७ रन जोडे ।

बल पार्कका विशाल मण्डल र शशांक अग्रवालले समान २-२ विकेट लिए ।

काठमाडौं क्रिकेटले दिएको १ सय ५७ रनको लक्ष्य बल पार्कले १५ ओभरमा ६ विकेट गुमाउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरायो ।

बल पार्कको जितमा कप्तान तथा म्यान अफ दि म्याच प्रशन्न शाक्यले अर्धशतकसहित ८५ रन जोडे । यस्तै निर्भिक पाठक र मेहूल श्रेष्ठले समान १७ रन जोडे ।

काठमाडौंका लागि निराजन पुम्रेले ३ विकेट लिए । यस अघिको खेलमा बल पार्क बालुवाटार क्रिकेट क्लबसँग पराजित भएको थियो ।

दोस्रो खेलमा बासुलिङले स्कुल अफ क्रिकेटलाई ५ विकेटले हरायो ।

टस जितेर ब्याटिङ रोजेको स्कुल अफ क्रिकेटले ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । उसको लागि सर्वोच्च बस्नेतले ३२ र रोशन पलामीले २४ रन बनाए । बासुलिङका लागि राजेश यादव, डब्लु मालिक र प्रकाश शाहिले समान २-२ विकेट लिए ।

स्कुल अफ क्रिकेटले दिएको १ सय ६७ रनको लक्ष्य एक बल बाँकी रहँदा पूरा गर्‍यो ।

बासुलिङलाई जिताउन डब्लु मलिकले अविजित रहँदै ३२ बलमा ५९ रन बनाए । उनी म्यान अफ दि म्याच समेत चुनिए ।

यस्तै सहिल पटेलले ३० रन बनाए । बासुलिङको लागि जनक हुमागाईंले दुई विकेट लिए ।

पाकिस्तान दूतावासले आयोजना गरेको छैटौं संस्करणको यस प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment