+
+
Shares

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १८:४२

२४ फागुन, काठमाडौं । धनकुटाको सहिदभूमि गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका–७ चाम्चास्थित भित्री सडकमा ना ५ त १९७१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया मनकुमारी राईको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?