Comments Add Comment

नन्दनको शानदार अर्धशतकमा बागमतीले एपीएफलाई दियो २३४ रनको लक्ष्य

२५ फागुन, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतक प्रहार गरेपछि बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेटमा विभागीय टोली एपीएफलाई २३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २३३ रन बनाउँदै एपीएफलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक ६० रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका नन्दनले ५६ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६० रन जोडेका हुन् । नन्दनले छैटौं विकेटका लागि आदिल खानसँग ७३ रनको साझेदारी गरे । घरेलु क्रिकेटमा नन्दनको यो पहिलो अर्धशतक हो ।

यस्तै कप्तान ज्ञानेन्द्रले ५७ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका प्रहार गरे । आदिल खानले ३४ र पारस खड्काले २९ रन जोडे । बलिङमा एपीएफका किशोर महतो र अमर रउटेलाले २-२ विकेट लिए । यस्तै अभिनाश बोहरा र वसन्त रेग्मीले समान १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment