+
+
Shares

नेप्सेमा कारोबार रकम ४ अर्ब ७५ करोडमा खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १६:४१

२५ फागुन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.२२ अंकले घटेर २४६१.८८ को बिन्दुमा झरेको छ । मंगलबार होटल तथा पर्यटन, जलविद्युत र म्युचल फण्डबाहेकका सबै उपसमूह राताम्मे रहँदा पनि झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

आइतबारको तुलनामा कुल कारोबार रकममा पनि संकुचन देखिएको छ । मंगलबार दोस्रो बजारमा २१० कम्पनीको १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक कारोबार हुँदा कुल कारोबार रकम भने ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ हाराहारमा खुम्चियो ।

आइतबार ५ अर्ब १० लाख भन्दा बढीको सेयर कारोबार भएको थियो । हिमालयन उर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल आइड्रो डेभलपर्ससहित पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत धेरैले बढ्यो ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लगुवित्त, पोखरा फाइनान्स कम्पनीका सेयर धनीले आजको बजारमा धेरै गुमाउन पुगे । दोस्रो बजारमा आज शिखर इन्स्योरेन्स, माथिल्लो तामाकोसी तथा अरुण भ्याली जलविद्युत विकास कम्पनीको सेयर धेरै कारोबार भएको थियो ।

मंगलबार होटल तथा पर्यटन उपसमूह ६८.११ अंक, जलविद्युत ३६.३९ र म्युचल फण्ड उपसमूह ०.०१ प्रतिशतले बढेको थियो भने बैकिङ, फाइन्यासन्स, जीवन बिमा, निर्जीवन बिमा, माइक्रोफाइनान्स, उत्पादन लगायतका उपसमूह ओरालो लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?