Comments Add Comment

ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता चैतमा हुने

प्रतियोगिताका लागि महानगरले क्यानलाई रु. २० लाख दिने

२५ फागुन, ललितपुर । आगामी चैतमा ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)काे आयाेजना तथा ललितपुर महानगरपालिकाकाे आर्थिक सहयाेगमा उक्त प्रतियाेगिता हुने भएकाे हाे । त्यसका लागि मंगलबार क्यानले ललितपुर महानगरसँग सम्झाैता गरेकाे छ । प्रतियाेगिता चैतमा गरिने भएपनि मिति भने सार्वजनिक गरिएकाे छैन ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काेइराला र क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सम्झाैतापत्रमा हस्ताक्षर गरे ।

सम्झाैता कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनकाे उपस्थिति रहेकाे थियाे ।
सम्झाैता अनुसार ललितपुर महानगरले प्रतियाेगिता गर्न क्यानलाई २० लाख रुपैयाँ दिनेछ । सम्झाैता पछि ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काेइरालाले क्यान अध्यक्ष चन्दलाई २० लाखकाे चेक पनि हस्तानतरण गरे । ललितपुर महानगर प्रतियाेगिताकाे प्रायाेजककाे रुपमा रहनेछ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महजर्नले ललितपुर महानगरले खेलकुद क्षेत्रमा सक्दाे सहयाेग गर्दै आएकाे बताए । उनले फुटबलमा पनि सहयाेग गरेकाे र खेलकुदकाे विविध क्षेत्रमा सहयाेग गरेकाे बताए ।

काठमाडौं महानगरले पुरुष क्रिकेटमा सहयाेग गरेकाे बेला ललितपुर महानगरले पनि किन महिला क्रिकेटलाई सहयाेग गर्न लागेकाे बताए ।

महिला किकेटकाे प्रमाेशनका लागि ललितपुर महानगरपालिकाले क्रिकेटमा चासाेका साथ सहयाेग गर्ने ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले बताइन् । उनले यसबाट नयाँ खेलाडीहरुलाई महिला क्रिकेटमा लाग्न सहयाेग पुग्ने विश्वास व्यक्त गरिन् ।

क्यान अध्यक्ष चन्दले नेपालमा महिला क्रिकेटकाे सम्भावना रहेकाे भन्दै सहयाेगी हातहरु अभाव रहेकाे बेला ललितपुर महानगरलाई सहयाेगका लागि आग्रह गर्दा छाेटाे समयमै स्वीकार गरेकाेमा आभार व्यक्त गरे ।

यसले निकट भविष्यमा नेपाली महिला क्रिकेटलाई फाइदा पुग्ने बताए ।

अध्यक्ष चन्दले प्रतियाेगितामा पाँच टिमले प्रतिस्पर्धा गर्ने बताए । टी-२० फर्म्याटका हुने प्रतियाेगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुषमा प्रधानमन्त्री कप महिला प्रतियाेगितामा सेमिफाइनल खेलेका चार टिम र ललितपुरकाे एक टिम गरी पाँच टिम हुनेछन् । प्रतियाेगिता राउण्ड राेविन लिगका आधारमा खेलाइनेछ ।

काठमाडौं महानगरपालिकाकाे सहयाेगमा क्यानले अहिले काठमाडौं मेयर्स कप पुरुष एकदिवसीय प्रतियाेगिता आयाेजना गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment