+

पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरु लिम्बु एक्लैले गरिन् १० गोल

२०७७ फागुन  २५ गते १७:०७ २०७७ फागुन २५ गते १७:०७
पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरु लिम्बु एक्लैले गरिन् १० गोल

२५ फागुन, काठमाडौं । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीहरुले गोलको वर्षा गरेका छन् । नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो ।

जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा युनाइटेडका लागि सरु लिम्बु एक्लैले १० गोल गरिन् । सरु गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगको उत्कृष्ट खेलाडी हुन् । यस्तै अनिता केसीले ६ गोल गरिन् भने डिफेन्डर गीता रानाले एक गोल गरिन् । मासाका लागि जारा इकबाल र सम्रोज समरिनाले एक/एक गोल गरिन् । पहिलो हाफमा ९ गोल गरेको मासाले दोस्रो हाफमा १० गोल गरेको थियो ।

सरु लिम्बु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय