
२५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ ।
पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
भेटवालसहित विशेष अदालतमा पेश गरिएका अन्य व्यक्तिहरूको विवरण आउन बाँकी छ ।
भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।
जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवालले गतवर्ष खुल्लामञ्च कब्जा गरेका थिए ।
भेटवालसँगै साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका सञ्चालक बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई अख्यितारले पक्राउ गरेको हो ।
यो पनि पढ्नुहोस् : खुल्लामञ्च बिक्रेता यिनै हुन् ? यस्तो रहेछ कालो विगत
प्रतिक्रिया 4