Comments Add Comment

विमल घर्ती मगरको सफल शल्यक्रिया

२५ फागुन, काठमाडौं । राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा मंगलबार उनको सफल शल्यक्रिया भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

शल्यक्रियापछि नयाँ खेल जीवनको सुरुवात गर्ने विमलले विश्वास व्यक्त गरेका छन् । विगतमा जस्तै फुटबल प्रेमीहरूको माया र विश्वास पाउने उनको भनाइ छ ।

‘प्रतिस्पर्धाको समयमा म केही समयका लागि अड्किएको छु । तर हिम्मत हारेको छैन । नयाँ खेल जीवनको सुरुवात गर्नेछु । जुन माया, विश्वास र साथ पाएको थिएँ त्यो फेरि पाउनेछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो चोटमा मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु । विशेष गरी एन्फालाई यो समयमा मलाई गहयोग गरिदिनु भएकोमा आभारी छु । जय नेपाल, जय नेपाली फुटबल ।’

राष्ट्रिम टीमको क्लोज क्याम्पमा प्रशिक्षण चलिरहेका बेला १८ डिसेम्बरमा उनको घुँडामा गम्भीर खालको चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment