+
+
Shares

नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते २०:३७

२५ फागुन, काठमाडौं । मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद १९ फागुनमा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?