Comments Add Comment

मेयर्स कपमा पुलिसले दियो काठमाडौंलाई १९८ रनको लक्ष्य

२६ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स-११ लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा भएको खेलमा काठमाडौं मेयर्स-११ का स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले ४७.४ ओभर खेल्दै १९७ रनमात्रै बनाएको हो ।

पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । काठमाडौंका विपिन खत्री, हरिशंकर शाह र कप्तान सन्दीप लामिछानेले ३-३ विकेट लिए । अर्का स्पिनर अनिल खरेलले १ विकेट लिए ।

ओपनर सुनिल धमला र कुशल भुर्तेलले ८ ओभरमा ५६ रनको साझेदारी गर्दै पुलिसलाई गतिलो सुरुआत दिएका थिए । तर हरि शंकर शाहले लगातार दुई विकेट लिएपछि पुलिसको रन गतिमा ब्रेक लागेको थियो । धमला २२ र कुशल ३४ रन बनाएर आउट भए । दुवैलाई विकेटकिपर खडग बोहरालाले स्टम्पिङ गरे ।

त्यसपछि पुलिसलको नियमित अन्तरमा विकेट गयो । कुनै पनि जोडीले अर्धशतकीय साझेदारीसमेत गर्न सकेनन् । योगेन्द्र सिंह कर्कीले ५५ बल खेल्दै ४ चौका मद्दतमा ४० रन जोडे ।

पवन सर्राफले २८ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २४ रन जोडे ।

अनिल शाह ६, कप्तान मन्जित श्रेष्ठ ३, डेब्यु ब्वाए गुल्सन झा ५ र सागर ढकाल ६ रन बनाएर आउट भए ।

पुलिसलाई अलआउट गर्न काठमाडौंका हरिशंकरले ९.४ ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । विपिन खत्रीले ९ ओभरमा १ मेडन राख्दै ५४ रन खर्चेर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment