Comments Add Comment

‘विश्वभर तीनमध्ये एक महिला हिंसा सहन बाध्य’

२६ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा यौन तथा भौतिक हिंसाको सामना गर्ने गरेको बताएको छ । मंगलबार डब्ल्यूएचओले सार्वजनिक गरेको एक अध्ययनको प्रतिवेदनमा सबै मुलुकलाई हिंसा रोक्न, पीडितलाई दिइने सुविधा सुधार्न र आर्थिक असमानता कम गर्न आग्रह गरिएको छ ।

अध्ययनको प्रतिवेदनमा आर्थिक असमानताको कारण महिलाहरु हिंसा सहँदै सम्बन्धमा बस्न बाध्य हुने गरेको उल्लेख छ । डब्ल्यूएचओका अनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा गरिएको अध्ययनमा १५ देखि ४९ वर्ष उमेर समुहका ८५ करोड २० लाख मानिसहरु महिला सहभागी थिए । जसमा ३१ प्रतिशतले भौतिक तथा यौन हिंसाको सामना गरेको पाइएको थियो । डब्ल्यूएचओले यो तथ्यांक सन् २००० देखि २०१८ सम्मको राष्ट्रिय तथ्यांकहरु तथा सर्वेक्षणबाट लिएको हो ।

डब्ल्यूएचओका अधिकारीहरुले केटाहरुलाई पनि विद्यालयमा सम्बन्धमा आपसी सम्मान र यौनको विषयमा आपसी समझदारीको विषयमा शिक्षा दिनु आवश्यक रहेको बताएका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले प्रत्येक मुलुक र संस्कृतिका महिलामाथि हिंसा हुने गरेको बताए । कोरोना भाइरस (कोभिड-१९) को महामारीको क्रममा हिंसाका घटनामा अझै उल्लेख्य मात्रामा वृद्धि भएको उनको भनाइ छ ।

डब्ल्यूएचओका अनुसार किरिबाटी, फिजी, पपुवा न्युगिनी, बंगलादेश, कंगो र अफगानिस्तानमा हिंसामा पर्ने महिलाको दर सबैभन्दा बढी रहेको बताएको छ । युरोपमा यो दर सबैभन्दा कम छ । यद्यपि धेरै महिलाहरुले डर तथा विभिन्न कारणले आफूमाथि हुने गरेको हिंसा लुकाएको पनि हुन सक्ने भएकाले यो संख्या अझै धेरै रहेको अनुमान छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment