Comments Add Comment

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट : ग्रेट हिमालय र एन्जल्स सेमिफाइनलमा

२६ फागुन, काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी  क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा बुधबार भएको खेलमा जित निकाल्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

ग्रेट हिमालय समूह ‘सी’  बाट ६ अंकसहित अन्तिम चारमा पुगेको हो । बुधबार नै भएको खेलमा पराजित भएपनि एन्जल्स हार्ट नेट रन रेटका आधारमा समूह ‘डी’ बाट सेमिफाइनल पुग्यो ।

ग्रेट हिमालयले आरएस विद्यापीठ एकेडेमीलाई ५ विकेटले पराजित गर्‍याे ।

टस हारेर फिल्डिङमा आएको आरएसले १९ ओभर ५ बलमा अलआउट हुँदै १५३ रन बनाउन सफल भयो । आरएसको लागि विजय गौतमले अर्धशतकसहित सर्वाधिक ७५ रन बनाए भने अमृत थापाले ४२ रन बनाए । ग्रेट हिमालयको लागि विज्ञान गौतमले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद हुसैन र सुशान्त तिमिल्सिनाले २-२ विकेट लिए ।

१५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको ग्रेट हिमालय क्रिकेटले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै निर्धारित दूरी पार गर्‍यो । ग्रेट हिमालयलाई दोस्रो जित दिलाउने क्रममा हेम्पन्त श्रीवास्तवले अर्धशतकसहित ५१ रन बनाए । यस्तै संगीत बुढाथोकीले ४२ रन बनाए । आरएसको लागि अनुपम पाण्डेले २ विकेट लिए ।

दोस्रो खेलमा स्कुल अफ क्रिकेट ८ रनले विजयी भयो । टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा १६४ रन बनायो । उसका लागि सर्वोच्च बस्नेतले अर्धशतकसहित ५८ रन प्रहार गरे । एन्जल्सका लागि निवस कुँवरले ३ विकेट लिए ।

१६५  रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको एन्जल्स हार्ट क्लब १५६ रनमा समेटियो । उसका लागि मेघराजले सर्वाधिक ३९ रन बनाए । यता, स्कुलका लागि साकार अर्याल र समीरले समान ३-३ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment