+
+
Shares

माधव नेपाल समूहको राय : सम्भव भएसम्म कम्युनिस्ट सरकार जोगाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १९:३५

२६ फागुन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने बताएका छन् ।

पछिल्लो परिस्थितिबारे छलफल गर्न काठमाडौंको एक होटलमा भेला भएका एमालेको नेपाल समूहका केन्द्रीय कमिटीका नेताहरुले अहिलेको वामपन्थीको सरकार जोगाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रघुजी पन्तले भने ‘सरकारका बारेमा पनि साथीहरुको के सुझाव आएको छ भने सरकार वामपन्थीहरुको बनाउनुपर्छ’ उनले भने ‘ पार्टी फेरि पनि दुईवटा भएको छ, तत्काल एकता सम्भव होला नहोला वामपन्थीहरुको मोर्चा भए पनि बनाएर सरकार जोगाउनुपर्छ ।’

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले फेरि पनि वाम एकताको नेतृत्व लिनुपर्ने आवाज उठेको बताए ।

माधव नेपाल समूहले नेकपा एमालेलाई अब कसरी एकतावद्ध बनाउने भन्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको निश्कर्ष निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?