
२६ फागुन, काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउने भूमिका अध्यक्ष केपी शर्मा ओलीकै हुने बताएका छन् ।
बुधबार काठमाडौंको एक होटलमा माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गरिएको थियो ।
उक्त भेलामा सहभागी नेता रघुजी पन्तले पार्टी कसरी अगाडि बढ्छ भन्ने कुराको निर्धारण अध्यक्ष ओलीको भूमिकामा भर पर्ने बताएका छन् । ‘उहाँले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुहोला, त्यसपछि एकताबद्ध बनाएर पार्टी लैजानेबारे छलफल हुन्छ’, पन्तले भने ।
संसद् विघटनपछि भएका कुराहरु बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने पन्तले बताए । ‘त्यसबेला भएका कतिपय कुराहरु बिर्सनुपर्छ र एकताबद्ध पार्टीलाई सर्वोपरी बनाउनुपर्छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4