Comments Add Comment

ट्वीटरविरुद्ध रुसको कारबाही : वेबसाइटको गति घटाइयो

२७ फागुन, काठमाडौं । रुसको मिडियामाथि निगरानी राख्ने संस्थाले मुलुकमा ट्वीटरको गति सुस्त बनाइएको बताएको छ । अमेरिकी सामाजिक सञ्जाल कम्पनीले सरकारले प्रतिबन्ध लगाएको कन्टेन्ट आफ्नो वेबसाइटबाट हटाउन नमानेसँगै रुसले ट्वीटरविरुद्ध कारबाही गरेको हो ।

रुसको नियमनकारी संस्थाका अनुसार ट्वीटरलाई रुसले करिब तीन हजार पोस्ट हटाउन आग्रह गरेको थियो । जसमा लागू औषध र पोर्नोग्राफीसँग सम्बन्धित कन्टेन्ट थिए । यद्यपि ट्वीटरले भने यी पोस्ट हटाउन अस्वीकार गरेको थियो । रुसको नियमनकारी संस्थाले यो निर्णय रुसका नागरिकको हितलाई ध्यानमा राख्दै गरिएको थियो ।

रुसमा राष्ट्रपतिका विरोधीहरुले अत्यधिक मात्रामा ट्वीटरको प्रयोग गर्छन् । रुसका ट्वीटर प्रयोगकर्ताहरुले भने अब ट्वीटरमा फोटो तथा भिडियो पोस्ट गर्न समस्या भइरहेको बताएका छन् । ट्वीटरले रुसले आफ्नो वेबसाइट सुस्त पारेको भन्दै रुसी संस्थाको कारबाहीबाट गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार रुसमा स्मार्टफोनका उपकरणहरुमा ट्वीटरको गति घटाइएको छ भने करिब आधा डेस्कटपमा पनि ट्वीटरको गति घटाइएको छ ।

रुसी अधिकारीहरुले ट्वीटरले प्रतिबन्धित सामग्री हटाउन अस्वीकार गर्दा नाबालिगलाई आत्महत्याको लागि उक्साएको र बालबालिकाको अश्लील तस्वीरलाई बढावा दिएको बताएका छन् ।

रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नी र उनका समर्थकहरुले उल्लेख्य मात्रामा ट्वीटरको प्रयोग गर्छन् । गत जनवरीमा नाभाल्नीलाई पक्राउ गरेपछि रुसमा आन्दोलन निस्किएसँगै रुसले ट्वीटर, फेसबुक र फेसबुकसहितका अन्य ठूला कम्पनीलाई युवाहरुलाई प्रदर्शनमा सहभागी हुन गरिएको आह्वान नहटाए जरीवाना लगाउने चेतावनी दिएको थियो ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment