+
+

कञ्चनपुरको लालझाडीमा आधुनिक उद्यान निर्माण हुने

रासस रासस
२०७७ फागुन २७ गते १४:५२

२७ फागुन, काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आधुनिक उद्यान निर्माण हुने भएको छ । लालझाडी–१ सुख्खडघाटमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक उद्यान निर्माण गर्न लागिएको हो ।

उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको लालझाडी गाउँपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछन् ।

उद्यान निर्माण हुने स्थानको छनोट गरी गाउँपालिकाले पर्खाल लगाउन सुरु गरेको छ । उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल रहनेछन् । यसैगरी विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढंगले सजाउने काम गरिने गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए ।

उनका अनुसार उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिनेछ । उद्यानलाई आधुनिक तरिकाले निर्माण गरिनेछ ।

‘उद्यान निर्माण गर्दा जैविक विविधतासँगै राना थारू समुदायको संस्कृतिलाई समेत ध्यान दिइनेछ,’ उनले भने, ‘जसबाट यस क्षेत्रको मौलिकता पस्किन सकियोस् ।’
उक्त उद्यानलाई कञ्चनपुर जिल्लाकै नमुनाका रुपमा बनाइने अध्यक्ष वडायकले बताए ।

उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना गाउँपालिकाले अघि सारेको छ । उद्यान झण्डै १० विगाहा क्षेत्रफलमा निर्माण हुनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?