Comments Add Comment

पत्रकार सुशील शर्माको निधन

२८ फागुन, काठमाडौं । पत्रकार सुशील शर्माको निधन भएको छ ।

६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment