Comments Add Comment

तरकारीको बोरामा लागूऔषध, दुईजना पक्राउ

१ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध अनरेक्स र नाइट्रोभेट ट्याबलेटसहित २ जनालाई पक्राउ गरेको छ । दुई जना मध्ये एक जना भारतीय नागरिक छन् । भारतको उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला पोखरा गाउँका ५५ वर्षीय रमेश दास र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने २९ वर्षीय रामकुमार देउजा पक्राउ परेका हुन् ।

आइतबार दिउँसो १२ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुको साथबाट लागूऔषध अनरेक्स १ सय एमएलको ५० बोतल र १० पत्ता ३ सय ट्याबलेट बरामद गरेको थियो ।

तरकारी हालेको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘तरकारी व्यापारी पनि हैनन्, घरायसी प्रयोगका लागि पनि हैन,’ डीएसपी खनालले भने ‘ एउटा बोरामा काउली, सागहरु राखेको रहेछन् । त्यसको मुनि उनीहरुले लागूऔषध लुकाएका रहेछन् । खोजतलास गर्दा भेट्टाउन सफल भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment