Comments Add Comment

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेता को ?

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो

१ चैत, विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता टङ्क आङ्बुहाङले नेकपा एमालेलाई समर्थन गरेपछि उक्त पद खाली भएको छ ।

ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङ्बुहाङ नेकपा एमालेलाई समर्थन गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेतामा पूर्वमन्त्री तथा माओवादी केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो चर्चामा छन् ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले सो विषयमा टुङ्गो लगाउनेछ । ‘संसदीय दलको नेताका विषयमा पार्टीको केन्द्रीय कमिटी बैठकले टुङ्गो लगाउँछ,’ आङ्बो भन्छन्, ‘बैठक जारी छ केही दिनभित्र टुङ्गो लाग्छ ।’

नेकपा माओवादी केन्द्रको प्रदेश १ मा १६ जना सांसद छन् । दलको नेता छनोट गर्दा यसअघि पनि आङ्बोले दाबेदारी प्रस्तुत गरेका थिए । तर उनी आर्थिक मामिला तथा योजनामन्त्री भएपछि दलको नेताको जिम्मेवारी आङ्बुहाङले पाएका थिए । पछि एमाले र माओवादी केन्द्र एकता हुँदा आङ्बुहाङ संसदीय दलको उपनेता बनेका थिए ।

नेकपा विभाजनपछि आङ्बो र आङ्बुहाङकै अगुवाइमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको माधव–प्रचण्ड समूहले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

प्रदेशसभा बैठक लगातार स्थगित गरेर प्रस्तावमाथि छलफल गर्ने समय लम्बिदै जाँदा आङ्बुहाङ नै नेकपाको ओली समूहमा लागेर मुख्यमन्त्रीलाई समर्थन गर्न पुगेका थिए ।

सर्बाेच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उनी एमालेमै बसेका छन् । केही दिनअघि ओलीले आङ्बुहाङलाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment