+
+

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १०:०४

२ चैत, काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।

थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीले जानकारी दिए ।

थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?