+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बजाजले ल्यायो शून्य अफर

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १०:२७

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ, जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् ।

यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपनेछ । यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नुहुनेछ ।

अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् । यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?