Comments Add Comment

एन्फा प्रेसिडेन्ट लिगमा सुदूरपश्चिमको स्टार सिटी विजयी

नेपालगन्ज । नेपालगन्जमा सोमबारदेखि सुरु भएकाे एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा सुदूरपश्चिमकाे स्टार सिटी युवा क्लबले विजयी सुरुआत गरेकाे छ ।

नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा साेमबार सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको छ ।

स्टार सिटी युवा क्लबको तर्फबाट रुपबहादुर लामाले २ गोल र दीपकराज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्याच बनेका रुपबहादुरले तेस्राे मिनेट र ८१औं मिनेटमा गोल गरेका थिए । दीपकसिंह ठकुरीले ४६ मिनेटमा गोल गरेका थिए ।

सोमबार एक समारोहका बीच प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment