Comments Add Comment

कर्णालीमा हराएकी रजनीको शव १० दिनपछि भेटियो

सां‌केतिक फोटो

३ चैत, सुर्खेत । गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइएको छ ।

रजनीसँगै नदीमा हामफालेका भनिएका उनकी आमा, दुई दिदी र दाइको शव फागुन २४ गते कर्णालीमै भेटिएको थियो ।

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका ४ छोराछोरी फागुन २३ गते कर्णाली नदीमा हामफालेकी थिइन् । सुकीसहित चारजनाको शव यसअघिनै भेटिए पनि कान्छी छोरी ७ वर्षीया रजनीको शव भने मंगलबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ ।

फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदी किनारामा फेला परेको थियो । त्यसको भोलिपल्टसुकी र उनका छोरा १० वर्षीय ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो ।

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment