Comments Add Comment

एन्फा प्रेसिडेन्ट लिगमा धादिङको फराकिलो जित

३ चैत, नेपालगन्ज । बागमती प्रदेशको लिग च्याम्पियन धादिङ समाजले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा फराकिलो जित हात पारेको छ ।

मंगलबार भएको पहिलो खेलमा धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ गोल अन्तरले पराजित गरेको हो ।
धादिङको तर्फबाट कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए । अमिरले खेलको १७औं, ३६औं, ६०औं र ६२औं मिनेटमा गोल गरे । यसैगरी शिशिर लेखीले ६४औं, ७९औं र ८२औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

विपिन कँडेलले २४औं र उमेश राईले ८९ मिनेटमा गोल गरे । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५औं मिनेटमा एक गोल गरे । एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment