Comments Add Comment

प्रचण्डले जिम्मेवारी नदिएपछि एमालेमा लागें : श्रीप्रसाद जवेगु

४ चैत, विराटनगर । नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य श्रीप्रसाद जवेगु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारी विहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताएका छन् ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री जवेगु एकता अघि माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य थिए । तर एकतापछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।
‘पार्टी एकतापछि पर्खेर बसियो, तर कुनै जिम्मेवारी दिइएन,’ उनले भने, ‘जिम्मेवारी विहीन भएर बसिरहन मनले मानेन ।’

जवेगु दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जनयुद्धकालदेखि नै माओवादीमा रहेका उनी २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री बनेका थिए । त्यसयता भने उनलाई जिम्मेवारी विहीन बनाइएको थियो ।

संघर्षले बनाएको पार्टीभित्र उपेक्षामा परेपछि एमालेमा लागेको उनले बताए । एमालेमा प्रवेश गरेका उनलाई केन्द्रीय सदस्य बनाउने तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment