Comments Add Comment

फिटनेसको लागि धेरै खर्च गर्ने देशमा अमेरिका र चीन अघि

विश्वमा नियमित शारीरिक अभ्यासमा संलग्न हुने व्यक्तिहरू कति होलान् ? त्यसमा पनि उनीहरूले खर्च गर्ने कुल खर्च कति होला ? यो जिज्ञासा धेरैमा हुन सक्छ । यही जिज्ञासा मेट्नको लागि ग्लोबल वेलनेस इन्स्टिच्युटले सन् २०१९ मा विश्वका १५० मुलुकमा अध्ययन गरी विश्वभरि नियमित अभ्यास गर्नेहरूको अनुमानित तथ्यांक र त्यसमा हुने खर्चको विवरण संकलन गरेर प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन अनुसार सन् २०१८ मा विश्वभर अनुमानित ८ खर्ब २८ अर्बको शारीरिक अभ्यासको बजार रहेको थियो । यो बजारले सन् २०२३ सम्म ११ खर्ब अमेरिकी डलरसम्म भेट्ने अनुमान गरिएको छ ।

यो तथ्यांक फिटनेससम्बन्धी सामग्री खरिद र अन्य गतिविधिमा गरिने खर्चको अनुमानित समष्टि हो। उक्त अध्ययनले विश्वका ३५ प्रतिशत मात्रै मान्छेले नियमित रूपमा मनोरञ्जनात्मक शारीरिक अभ्यासमा संलग्न हुने गरेको उल्लेख गरेको छ ।

अध्ययन अनुसार २०२३ सम्ममा विश्वमा शारीरिक अभ्यासको शीर्षकमा एसिया प्रशान्त क्षेत्रमा मान्छेले सबैभन्दा धेरै खर्च गर्ने अनुमान गरेका छन् । त्यस्तै, उत्तर अमेरिका दोस्रोमा, तेस्रोमा युराप, चौथोमा ल्याटिन अमेरिकी मुलुक आदि धेरै खर्च गर्नेको सूचमा पर्ने अनुमान गरिएको छ । अध्ययनको क्रममा तयार पारिएको २०१८ र २०२३ को बीचमा हुने खर्चको अवस्थालाई क्षेत्रीय रुपमा तल उल्लेख गरिएको छ ।

क्षेत्र    २०१८ को खर्च (अर्ब अमेरिकी डलरमा) २०२३ को  अनुमानित खर्च (अर्ब अमेरिकी डलरमा)
एसिया प्यासिफिक २४०.४ ३७३.५
उत्तर अमेरिका २८२.७ ३६६.
युरोप २२५. २८७.९
ल्याटिन अमेरिका    ४२.२ ५६.६
मध्यपूर्व एवं उत्तर अफ्रिका २२.६ ३३.
सब सहारियन अफ्रिका १५.३   २२.७
क्षेत्रगत खर्चको विवरण     
मनोरञ्जनात्मक सक्रियता एवं खेलकुद २३०.१ ३२३.४
फिटनेस १०८.६ १४७.९
मनोगत गतिविधि २९.१ ५२.१
प्रविधि   २६.३ ३९.८

मनोरन्जनात्मक शारीरिक गतिविधिमा विश्वको कुल खर्चको ९० प्रतिशत हिस्सा उत्तर अमेरिका, एसिया र युरोपमा हुन्छ । विश्वव्यापी रूपमा, प्रतिवर्ष प्रतिसहभागी ३०६ डलर औसत खर्च हुने गरेको छ । जसमध्ये १३६ डलर विभिन्न शारीरिक गतिविधिमा र १७२ डलर प्रविधि,  उपकरण, कपडा / फुटवेयर आदिमा खर्च हुने गरेको छ ।

मनोरन्जनात्मक शारीरिक गतिविधिमा हुने खर्चको हिसाबमा शीर्ष १० देशहरू निम्नानुसार छन्

अमेरिकी : २६४.६ अर्ब डलर

चीन : १०९.३ अर्ब डलर

जापान : ४३.९ अर्ब डलर

बेलायत : ४०. ९ अर्ब डलर

जर्मनी: ३९‍.४ अर्ब डलर

फ्रान्स : २६.३ बिलियन डलर

दक्षिण कोरिया : २३.५ अर्ब डलर

इटाली : २३.५ अर्ब डलर

क्यानडा : १८.१ अर्ब डलर

अस्ट्रेलिया : १६.७ अर्ब डलर

मनोरन्जनात्मक शारीरिक गतिविधिका लागि अमेरिका र चीन अहिलेसम्म विश्वका सबैभन्दा ठूला राष्ट्रिय उपभोक्ता बजारहरू  हुन्, जसमा विश्वव्यापी खर्चको ४५ प्रतिशत हिस्सा छ ।

बजार आकारका आधारमा  मनोरञ्जनात्मक शारीरिक गतिविधिमा न्यूनतम र अधिकतम खर्चको दर निकाल्न कठिन हुन्छ । सहभागिता दरको आधारमा हेर्दा अस्ट्रेलिया र ताइवानमा कुल जनसंख्याको ८५ प्रतिशत मनोरञ्जनात्मक शारीरिक गतिविधिमा संलग्न हुने गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment