
६ चैत, काठमाडौं । देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
आज शुक्रबार देशभर आंशिकदेखि समान्य बदली हुनेछ भने थोरै पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।
शनिबार दिउँसो अपराह्न हावा हुरी र चट्याङसहित र राति चट्याङ र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार पनि मौसम बदली कायमै रहनेछ । आइतबार दिउँसो पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने छ भने राति पनि प्रदेश १ का पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
पहाडी क्षेत्रमा हावा हुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।
प्रतिक्रिया 4